रसुवा सडक सञ्जालसँग पुनः जोडियो
makalukhabar.com · Fri Aug 28 11:30:36 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीका कारण विच्छेद भएको रसुवा जिल्ला सडक सञ्जालसँग पुनः जोडिएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्प्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको जानकारी दिए ।
“सडकखण्डमा आवश्यक मर्मत तथा अवरोध हटाएपछि हाल चार चक्के साना सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था बनेको हो । सडक पूर्ण रूपमा सहज बनाउन थप काम भइरहेको विभागले जनाएको छ”, उनले भने । सडक खुलेपछि जिल्लामा अत्यावश्यक सामग्रीको ढुवानी, उद्धार तथा राहत कार्यमा सहज हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)