बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
ratopati.com · Tue Sep 08 19:30:42 GMT 2026

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीका दिन पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गरिने जनाएको छ । अस्पतालले भदौ २४ गते बुधबार बिहान ९ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सम्पूर्ण नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
केही दिनयतालगायत परेको सार्वजनिक बिदाका कारण उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीलाई पर्न सक्ने असुविधा र अस्पतालमा बढ्न सक्ने चापलाई मध्यनजर गर्दै सेवा सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)