पानी अभावले ह्यात्रुङको सौन्दर्य संकटमा
onlinekhabar.com · Sun May 24 00:55:29 GMT 2026

१० जेठ, तेह्रथुम । पहाडको काखबाट सेतो धर्साझैँ तल खस्ने पानी, वरिपरि हरियाली जंगल, चराचुरुङ्गीको मधुर आवाज, पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य ह्यात्रुङ झरना पुग्ने जो– कोहीलाई प्रकृतिको यो अनुपम सौन्दर्यले लोभ्याउँछ ।
समुद्री सतहबाट करिब १ हजार ५ सय मिटर उचाइमा अवस्थित ह्यात्रुङ झरना तेह्रथुमको फेदाप गाउँपालिका–४ को सम्दु र वडा नम्बर ५ को इसिबु गाउँको सिमानामा पर्छ । करिब ३६५ मिटर उचाइबाट झर्ने ह्यात्रुङ झरनालाई नेपालकै दोस्रो तथा एसियाकै चौथो अग्लो झरनाका रूपमा चिनिन्छ । तर पछिल्ला वर्षहरूमा यो चर्चित पर्यटकीय गन्तव्य पानी अभावले संकट झेलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)