११ प्रतिशत कर्जा विस्तारले कसरी सम्भव छ ७ प्रतिशत आर्थिक वृद्धि ? यसो भन्छन् पूर्वगभर्नर डा. नेपाल
clickmandu.com · Wed Jul 08 07:08:57 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरे । मंगलबार अपराह्न सार्वजनिक गरिएको यस नीतिले राष्ट्र बैंकको इतिहासमा केही नयाँ मानक र अभ्यासहरू स्थापित गरेको छ ।
विगतका वर्षहरूमा आर्थिक वर्ष सुरु भइसकेपछि मात्र मौद्रिक नीति ल्याउने परम्परा रहेकोमा गभर्नर पौडेलले त्यसलाई तोड्दै आर्थिक वर्ष लाग्नुअगावै नीति सार्वजनिक गर्ने अभ्यासलाई दोस्रो वर्ष पनि निरन्तरता दिए । यसपटकको मौद्रिक नीति अर्को एउटा कारणले पनि विशेष बन्यो । यो सम्भवतः राष्ट्र बैंकको इतिहासकै सबैभन्दा छोटो मौद्रिक नीति हो । गभर्नर पौडेलले जम्मा ३ मिनेट ५० सेकेन्डमा नीति पढेर सुनाए । उनले मौद्रिक नीतिसँगै चालु आवको मौद्रिक नीतिको समीक्षा र म्याक्रोइकोनोमिक आउटलुक छुट्टाछुट्टै डकुमेन्टका रूपमा प्रस्तुत गरे । सोहीकारण मूल मौद्रिक नीति यति छोटो हुन सम्भव भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)