हर्क साम्पाङको कटाक्ष : सरकारकै जस्तो सबैको जीवन चिटिक्क हुँदैन
annapurnapost.com · Wed Jul 08 07:11:45 GMT 2026

काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकारका मन्त्रीहरुको जस्तो सबैको जीवन ‘चिटिक्क’ नहुने भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साम्पाङले सरकारको चाहना सबैकुरा चिटिक्कै होस् भन्ने चाहना भए पनि सबैको जीवन चिटिक्कै परेको नहुने बताएका हुन् ।
माइतीघरमा आन्दोलनरत दृष्टिविहीनको सन्दर्भ निकाल्दै उनले सरकारले आफू जस्तै अरुलाई चिटिक्क सम्झन नहुने बताए । उनले माइतीघरमा आन्दोलनरत दृष्टिविहीन नागरिकको समस्या र सरकारका मन्त्रीहरुको जीवन शैलीलाई संकेत गर्दै घुमाउरो कटाक्ष गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)