बहराइन र कुवेतका अमेरिकी अखडामा इरानको आक्रमण
barnanmedia.com · Wed Jul 08 07:19:45 GMT 2026

वासिङटन — इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले बुधबार बहराइन र कुवेतमा रहेका दर्जनौँ अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानीको सरकारी सञ्चारमाध्यम आईआरआईबीमार्फत जारी गरिएको विज्ञप्तिमा अमेरिकी सैन्य प्रहारको जवाफमा आक्रमण गरिएको उल्लेख छ ।
उक्त विज्ञप्तिमा भनिएको छ, 'यस सैन्य कदमको प्रारम्भिक प्रतिक्रिया स्वरूप, आईआरजीसीको जलसेना र एयरोस्पेस फोर्सले संयुक्त मिसाइल र ड्रोन अपरेसनमार्फत ती दुई देशमा रहेका ८५ वटा महत्त्वपूर्ण अमेरिकी सैन्य सुविधाहरूमा प्रहार गरेका छन् ।' यसका साथै इरानले एउटा अमेरिकी एमक्यू–९ ड्रोन समेत खसालिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)