उजुरीलाई हतियार बन्न नदिन ऐन सम्पत्ति शुद्धीकरण संशोधन गरिएको हो : अर्थमन्त्री वाग्ले
ajakoartha.com · Wed Jul 08 07:37:00 GMT 2026

काठमाडौं– सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐनमा अध्यादेशमार्फत गरिएको विवादित व्यवस्थालाई संशोधन गर्दै पुरानै कानुनी व्यवस्थामा फर्काएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अध्यादेशमार्फत ल्याइएको केही व्यवस्था अपेक्षाभन्दा बढी कडा (ओभर रिच) भएको निष्कर्षपछि त्यसलाई सच्याइएको बताएका छन्।
बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणविरुद्धको कानुनी संरचनालाई प्रभावकारी बनाउने उद्देश्यले अध्यादेश ल्याइए पनि त्यसबाट अनपेक्षित रूपमा दुरुपयोग हुन सक्ने जोखिम देखिएपछि संशोधन गर्नुपरेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)