बाढीको पूर्व सूचना दिन मस्र्याङ्दीमा साइरन
gorkhapatraonline.com · Fri Aug 28 11:42:57 GMT 2026

चार वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा आयो । वर्षासँगैको बाढीले मस्र्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीसँगै बगे, कैयौंलाई उठिबास लगायो । बाढीको चपेटामा परेका गाउँले लामो समयसम्म पालमुनि बस्न बाध्य भए ।
बाढीको मारमा सबैभन्दा बढी नासोँ गाउँपालिका–१ तालगाउँका बासिन्दा परेका थिए । तालगाउँमा ४३ घर छन । मस्र्याङ्दी नदी किनारसँगैको बस्ती तालगाउँका अधिक घरमा बाढी पसेको थियो । मनाङको खाङसार र जारसाङ खोला मिलेर बनेको मस्र्याङ्दी नदीमा बर्सेनि आउने बाढीले मनाङमा मात्र हैन, लमजुङ र तनहुँमासमेत दुःख दिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)