‘एकथरीले मात्र नियम मान्ने अवस्था आयो भने लोकतन्त्र अराजकतामा जान्छ’ : हर्क साम्पाङ
kalakarmi.com · Wed Jul 08 07:27:04 GMT 2026

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतन्त्रमा नियम सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन् ।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियम पालना गर्ने विषयमा विभेद भए लोकतन्त्र अराजकतामा जाने चेतावनी दिए । उनले सदन पनि बिस्तारै अराजकतातर्फ उन्मुख हुन थालेको महसुस भएको बताए। सभामुखले संविधान र नियमावलीअनुसार प्रधानमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरूलाई नियमित रूपमा संसद्मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)