गाँजासहितको मोटरसाइकल नियन्त्रण, फरार चालक पोखरीमा डुबेर बेपत्ता
annapurnapost.com · Wed Jul 08 07:39:44 GMT 2026

विराटनगर : विराटनगर महानगरपालिका–१८ भेडियारीमा गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा फरार चालक पोखरीमा डुबेर बेपत्ता भएका छन् । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान करिब ८ः५० बजेतिर मोटरसाइकल चालक स्थानीय मञ्जितकुमार यादव भाग्ने क्रममा भेडियारी पोखरीमा पसेका थिए । पोखरीमा हामफालेका उनी डुबेर बेपत्ता भएको श्रेष्ठले बताए ।
अस्थायी प्रहरी पोस्ट भेडियारीबाट असई ब्रह्मदेव यादवको नेतृत्वमा खटिएको टोलीले दुई जना सवार रहेको बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोजेको थियो । त्यसक्रममा चालक मोटरसाइकल छाडेर भागेका थिए । लगत्तै उनी पोखरीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)