धनुषा–सिरहा जोड्ने झोलुंगे पुल पर्यटक गन्तव्य बन्दै
nepalnews.com · Wed Jul 08 07:50:48 GMT 2026

जनकपुरधाम। धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुंगे पुल सञ्चालनमा आएपछि त्यस क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ।
पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्काे जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ। कमला नदीमाथिको झोलुंगे पुलबाट त्यस वरपरको मनमोहक दृश्यावलोकन गर्नेको पछिल्ला दिनमा भीड नै लाग्न थालेको छ। पुलबाट वरपरको दृश्य समेट्नेगरी टिकटक बनाउन र फोटो खिच्न तँछाडमछाड गरेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)