सम्पति शुद्धीकरण निवारण ऐन हतियार हुन नदिन सच्याएका हौं : अर्थमन्त्री वाग्ले
annapurnapost.com · Wed Jul 08 07:51:28 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पति शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनु पर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरी सम्पति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताए ।
उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ‘आर्थिक अपराध’ हेर्ने एउटा ठूलो छुट्टै निकाय नै आवश्यक पर्ने हो कि भन्नेबारे पनि छलफल भइरहेको जानकारी दिए । मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणका केहि प्रावधानलाई अध्यादेशमार्फत संशोधन गरे पनि अहिले संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)