बीपी प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
ratopati.com · Wed Jul 08 08:15:13 GMT 2026

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई प्रलोभनमा पारी ठगी गर्ने १० जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिने बहानामा बिरामीहरूलाई अवैध कमिसनको चलखेलमा पार्ने गरेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले असार २३ गते प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)