बाह्रकिलोको अवैध संरचना हटाउन सात दिने ‘अल्टिमेटम’
annapurnapost.com · Wed Jul 08 08:08:25 GMT 2026

गोरखा : गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो क्षेत्रको अवैध संरचनाहरु सात दिनभित्र हटाउन ‘अल्टिमेटम’ जारी भएको छ । बुधबार डिभिजन वन कार्यालय, गोरखाले एक सूचना जारी गर्दै बाह्रकिलो बजार क्षेत्र सात दिनभित्र खाली गर्न त्यहाँका व्यपारीहरुलाई अल्टिमेटम दिएको हो ।
यही असार ३० गतेभित्र संरचना खाली नगरे आवश्यक बल प्रयोग गरिने कार्यालयले चेतावनी दिएको छ । यस्तै, वन क्षेत्र खाली नगर्ने तथा बाधा बिरोध गर्ने व्यक्ति÷संस्थालाई ‘वन ऐन–२०७६’ बमोजिम कडा कारबाही गरिने कार्यालयको भनाई छ । व्यवसायीहरुले विगत केही वर्षदेखि बाह्रकिलोको ओख्ले पाखा सामुदायिक वनक्षेत्र मिचेर अवैध संरचना निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)