नेपालको पीडामा इजरायलको साथ, बाढीपीडितलाई दियो आपत्कालीन राहत सामग्री !
barnanmedia.com · Tue Sep 08 21:35:00 GMT 2026

धादिङको गल्छी गाउँपालिका–६, बैरेनीका बाढी प्रभावित परिवारलाई इजरायलले आपत्कालीन मानवीय सहायता उपलब्ध गराएको छ। नेपालस्थित इजरायली दूतावासको टोली प्रभावित क्षेत्रमा पुगेर आवश्यक सामग्रीसहितका आपत्कालीन ‘गो ब्याग’ र राहत बक्स वितरण गरेको हो।
दूतावासकी डेपुटी चिफ अफ मिसन जानान बेबारले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेकी थिइन्। दूतावासले यो सहयोगलाई तत्काल राहत प्रतिक्रियाको पहिलो चरणका रूपमा उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)