रुसका एथ्लेट्सले ओलम्पिक २०२८ मा प्रतिस्पर्धा गर्न पाउने
baahrakhari.com · Wed Jul 08 08:17:04 GMT 2026
काठमाडौं । रुसका एथ्लेट्सहरूले सन् २०२८ मा हुने ओलम्पिक गेम्समा प्रतिस्पर्धा गर्न पाउने भएको छ । मंगलबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले रुसियन खेलाडीमाथि ओलम्पिक २०२८ खेल्न लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
आईओसीले सन् २०२३ मा रुस र युक्रेन युद्धका कारण ओलम्पिकमा रुसी एथ्लेट्समाथि प्रतिबन्ध लगाएको थियो । तर, आईओसीले ती खेलाडीहरूलाई ‘एन्टी डोपिङ’ मापदण्ड पूरा गर्नुपर्ने निर्देशन जारी गरेको छ ।