बार्सिलोनालाई यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि
kendrabindu.com · Sun May 24 03:13:57 GMT 2026
काठमाडौं । बार्सिलोनाले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । आठपटकको विजेता फ्रेन्च टोली लियोनविरुद्ध ४–० को सानदार जित निकाल्दै स्पेनको बार्सिलोनाले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि हात पारेको हो ।
शनिबार नर्वेको उल्लेभल रंगशालामा बार्सिलोनालाई जित दिलाउन इवा पाजोर र साल्मा पारालुएलोले समान दुई गोल गरे । चारै गोल दोस्रो हाफमा भएका थिए ।खेलको ५५औँ मिनेटमा पाजोरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ६९औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)