तीन जिल्लामा साढे दुई करोड नगद सहयोग
gorkhapatraonline.com · Thu Aug 27 08:20:33 GMT 2026

सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपियाँ सहयोग प्रदान गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा एक करोड, नुवाकोट जिल्लालाई एक करोड र धादिङ जिल्लालाई ५० लाख रुपियाँ प्रदान गरिएको जानकारी दिनुभयो । त्यसैगरी, बाढीपीडितको उद्धारका लागि हालसम्म ३७ वटा हवाइ उडान भएको छ, भने हेलीबाट हालसम्म ३०५ जनाको उद्धार भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)