जनतासँगको सम्बन्ध टाढिएका कारण एमाले कमजोर भयो : प्रदिप ज्ञवाली
barnanmedia.com · Tue Sep 08 21:52:06 GMT 2026

काठमाडौं- नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता कार्यकर्ता जनपरिचालन भन्दा पनि सिडिओ सरुवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ट टुटेको उनले बताएका छन् ।
पार्टीको मधेस प्रदेशको कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपमहासचिव समेत रहेका ज्ञवालीले पार्टी नेताहरु सरकारी र राजर्षीपनका कारण एमाले कमजोर भएको बताए ।‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो । राजर्षी भयो’ ज्ञवालीले भने ‘हाम्रो ध्यान सिडिओ सरुवा,प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो । यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो । यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)