काभ्रेमा ईभी कारबाट ब्राउन सुगर र सुन बरामद, ५ जना पक्राउ
nepalpress.com · Wed Jul 08 09:02:44 GMT 2026

काभ्रे । रोशी गाउँपालिका-९ मंगलटारमा ब्राउन सुगर र सुनसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलटारअगाडिको चेकपोष्टमा सवारीजाँचको क्रममा एक ईभी कारबाट ती सामान बरामद गरिएको हो ।
प्रहरीका अनुसार असार २३ साँझ करिब ५ बजे बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कार शंकास्पद देखिएपछि इन्स्पेक्टर निकिता मिश्राको टोलीले जाँच गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)