मध्यपूर्व संकटबीच नाटो शिखर सम्मेलन सुरु
canadanepal.com · Wed Jul 08 09:00:57 GMT 2026

अङ्कारा - मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू बुधबार टर्कीको राजधानी अङ्कारामा उच्चस्तरीय शिखर सम्मेलनका लागि भेला भएका छन्। सम्मेलनमा रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता, युक्रेन युद्ध तथा मध्यपूर्वको सुरक्षा अवस्था प्रमुख छलफलका विषय बनेका छन्।
सम्मेलनअघि नाटोका महासचिव मार्क रुटले अमेरिकाको गठबन्धनप्रतिको प्रतिबद्धता अडिग रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र तथा क्यानाडाले पनि रक्षा खर्च बढाएर आफ्नो सुरक्षा जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औँल्याए। उनले अमेरिकी प्रशासनको यही प्रमुख अपेक्षा रहेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)