वन अधिकृत यादव घुससहित पक्राउ
nepalnews.com · Wed Jul 08 09:12:16 GMT 2026

काठमाडौँ। सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ। उनलाई सेवाग्राहीसँग नगद १२ हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
विशेष सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले वन अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)