बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
barnanmedia.com · Fri Jun 05 12:33:43 GMT 2026

किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण हुन नसक्दा नेपालगञ्जका किसान मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा डिएपी, युरिया र पोटास पर्याप्त परिमाणमा मौज्दात रहेपनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिले वितरणसम्बन्धी निर्णय नगर्दा धानको बीउ राख्ने समयमा किसानले मल पाउन सकेका छैनन् ।
कृषि सामग्री कम्पनीका अनुसार हाल डिएपी ४८४.३०० मेट्रिक टन, युरिया ५०७.५५० मेट्रिक टन र पोटास १०२ .४०० मेट्रिक टन मौज्दात छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)