एसिसी प्रिमियर कप : हङकङसँग पराजित नेपाल समूह विजेता, ओमानसँग सेमिफाइनल खेल्ने
barnanmedia.com · Tue Sep 08 22:41:23 GMT 2026
एसिसी प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै अलआउट भयो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रनको योगदान गरे पनि उहाँको उत्कृष्ट पारी टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन । इशानले संयमित ब्याटिङ गर्दै नेपालको जितको सम्भावना जीवित राख्नुभएको थियो । नेपालका आसिफ शेखले ४४ रन बनाउनुभयो भने दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रनको योगदान दिनुभयो ।
हङकङका लागि एइजाज खानले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिनुभयो । यस्तै, यासिम मुर्तजाले दुई तथा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले एक-एक विकेट लिनुभयो । त्यसअघि बाबर हायातको सानदार अविजित शतकको मद्दतमा हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रनको योगफल तयार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)