‘इजरायललाई अमेरिकाबाहेक कसैको साथ छैन’ भन्नेलाई नेतान्याहूको जवाफ : हामीलाई १.४ अर्ब भारतीयको समर्थन छ
nagariknews.nagariknetwork.com · Wed Jul 08 09:33:24 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भारतलाई इजरायलको प्रमुख समर्थकमध्ये एक बताएका छन्।
उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको हालैको टिप्पणीको जवाफमा यस्तो बताएका हुन्। उपराष्ट्रपति भान्सले संयुक्त राज्य अमेरिकाबाहेक इजरायलको कुनै शक्तिशाली सहयोगी नभएको दाबी गरेका थिए। फक्स न्यूज सँगको अन्तर्वार्तामा नेतान्याहूले इजरायललाई भारतबाट ठूलो समर्थन रहेको बताएका हुन्। उनले भनेका छन्, ‘हाम्रा केही अन्य साथीहरू छन्, जस्तै भारत भनिने सानो देश। यसको १.४ अर्ब मानिसहरू छन्, हामीलाई त्यहाँ जबरदस्त समर्थन छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)