सरकारले ओलीलाई पक्रिनु १०० दिनको उपलब्धी ठान्यो : पद्मा अर्याल
annapurnapost.com · Wed Jul 08 09:39:38 GMT 2026

काठमाडौं : नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन् । उनले सरकारले सय दिनको उपलब्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्रिनुलाई ठानेको समेत बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता संकटमा परेको समेत आरोप लगाइन् । उनले सरकार राष्ट्रिय हितका सवालमा गम्भीर रूपमा चुकेको र नेपालले भारतको जग्गा मिचेको जस्ता विवादास्पद अभिव्यक्ति दिएर देशको ऐतिहासिक गौरव र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने काम गरेको तर्क गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)