पारा टेबलटेनिस च्याम्पियनसिपमा डिगम र लालीको एकतर्फी विजय
kalakarmi.com · Sun May 24 04:39:13 GMT 2026
काठमाडौं- राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा आयोजित ‘पारा टेबुलटेनिस खेल च्याम्पियनसिप’ सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको खेल कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित प्रतियोगितामा महिला र पुरुष गरी दुई विधामा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा कुल २५ जना खेलाडीहरूको सहभागिता थियो । जसमा १६ जना पुरुष र ९ जना महिला खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको सेमिफाइनल खेलमा केशव थापाले मनोज थापालाई ४-३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । अर्को सेमिफाइनल खेलमा डिगम सिंह चेम्जोङले दीपक नक्कललाई ४-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे । उपाधिका लागि भएको फाइनल भिडन्तमा डिगम सिंह चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दै केशव थापालाई ४-० को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जित्न सफल भए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)