असार नसकिँदै रित्तियो आँप
kendrabindu.com · Wed Jul 08 09:57:02 GMT 2026

महोत्तरी । मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो । तर, असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन् ।
महोत्तरीमा यो मौसम फल पाक्ने सिजन हो । जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिदै रित्तिएका छन् । आँपलाई फलको राजा मानिन्छ । जेठ मध्यदेखि १५ असारसम्म बम्बई, असार १५ देखि मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्नासाथ कलकितया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया र गुलावखाससहितका आँपको मौसम सुरु हुन्छ । तर यसपालि पाक्ने मध्य बेलामै आँपक बोट खाली भइसकेको भङ्गाहा–४ रामनगरका किसान हरिदेव साह बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)