सेवा बाहिरबाट डेपुटी गभर्नर नियुक्तिको प्रस्ताव
gorkhapatraonline.com · Wed Jun 17 00:11:48 GMT 2026

नेपाल राष्ट्र बैङ्कको सेवाबाहिरबाट एक डेपुटी गभर्नर नियुक्तिको प्रस्तावसहित नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयकमा संशोधन दर्ता भएको छ । हाल केन्द्रीय बैङ्कमा रहेका दुई डेपुटी गभर्नरको सङ्ख्या थप गरी तीन पुर्याउने र नयाँ नियुक्ति सेवाबाहिरबाट ल्याउने प्रस्ताव गरिएको हो । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा प्रतिपक्ष दलहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संशोधन दर्ता गरेका छन् । विधेयकमा कुल १८ संशोधन दर्ता भएका छन् ।
रास्वपाका सुशील खड्का, नेकपाका रमेशकुमार मल्ल र राप्रपाका सांसद खुश्बु ओलीले डेपुटी गभर्नर थप गर्न संशोधन प्रस्ताव दर्ता गर्नुभएको हो । मूल ऐनको दफा १४ (ग) संशोधन गर्ने गरी सञ्चालक समितिको गठनसम्बन्धी व्यवस्थामा संशोधन दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)