दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
ratopati.com · Wed Jul 08 10:01:36 GMT 2026

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले यही जुलाई महिनाभर नेपाली चलचित्र प्रदर्शन गर्ने भएको छ । दुतावाले नेपाली चलचित्र, भाषा, कला, संस्कृति तथा कलाकारको प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।
कार्यक्रमअन्तर्गत हरेक साता एक नेपाली फिल्म प्रदर्शन गरिनेछ भने सम्बन्धित फिल्मका कलाकार, निर्देशक तथा चलचित्रकर्मीलाई समेत आमन्त्रण गरी दर्शकसँग अन्तरक्रिया गराइने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)