बीपी प्रतिष्ठानबाट बिरामी ठगेको आरोपमा १० बिचौलिया पक्राउ
baahrakhari.com · Wed Jul 08 10:11:09 GMT 2026

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई विभिन्न प्रलोभनमा पारेर निजी मेडिकलबाट औषधि खरिद गराउने १० बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, विशेष सूचनाका आधारमा मंगलबार प्रतिष्ठानको आकस्मिक (इमर्जेन्सी) सेवा भवन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)