असार नसकिँदै रित्तियो आँप
rajdhanidaily.com · Wed Jul 08 10:15:59 GMT 2026

महोत्तरी । मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो । तर, असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन् । महोत्तरीमा यो मौसम फल पाक्ने सिजन हो । जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिदै रित्तिएका छन् । आँपलाई फलको राजा मानिन्छ ।
जेठ मध्यदेखि १५ असारसम्म बम्बई, असार १५ देखि मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्नासाथ कलकितया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया र गुलावखाससहितका आँपको मौसम सुरु हुन्छ । तर यसपालि पाक्ने मध्य बेलामै आँपक बोट खाली भइसकेको भङ्गाहा–४ रामनगरका किसान हरिदेव साह बताउछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)