जेनजीका अपेक्षा : सुशासन र भ्रष्टाचार नियन्त्रण
gorkhapatraonline.com · Tue Sep 08 23:39:34 GMT 2026

जेनजी आन्दोलनका घाइतेहरूले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले मुलुकमा थप सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग गरेका छन् ।
गत वर्ष भदौ २४ गते दिउँसो समिता कार्कीको देब्रे खुट्टामा गोलीको छर्रा लाग्यो, जसका कारण अहिलेसम्म उहाँ उपचाररत हुनुहुन्छ । “महिनामा एक पटक फलोअपमा जानु पर्छ । अस्पतालमा लामो लाइन बस्नुपर्दा सकस हुन्छ,” उहाँले भन्नुभयो, “कतिपय घाइतेलाई राज्यले घाइते कार्ड उपलब्ध त गराएको छ तर फलोअप उपचारमा जाँदा सकस हुने गरेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)