छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत
gorkhapatraonline.com · Wed Jun 17 00:32:49 GMT 2026

चिकित्सा शिक्षा आयोगले ‘छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न आयोगको बैठकले कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले दिनुभएको जानकारी अनुसार नयाँ कार्यविधि लागु भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने शिक्षण संस्थाहरूलाई अनुदान वितरण गर्ने कानुनी तथा प्रशासनिक आधार स्पष्ट भएको छ । यसले लामो समयदेखि देखिँदै आएको नीतिगत अन्योल र कानुनी अस्पष्टतालाई समेत अन्त्य गर्ने जानकारी उहाँले दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)