कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो, प्रकोप अझै तीव्र हुँदै : डब्ल्यूएचओ
nepalnews.com · Wed Jul 08 10:27:08 GMT 2026

किन्शासा। कंगो लोकतान्त्रिक गणतन्त्र कंगो (डीआरसी) म एक हजार ७०० भन्दा बढी मानिसहरुमा इबोला सङ्क्रमण पुष्टि भएको जनाउदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकोप अझै तीव्र गतिमा फैलिएकोे चेतावनी दिएको छ। कंगोमा ५८० जना सङ्क्रमितको मृत्यु भएकासहित एक हजार ७०८ जनामा सङ्क्रमण पुष्टि भएको रिपोर्ट गरेको अधिकारीहरूले बताएका छन्।
मंगलबार जारी गरिएको डब्ल्यूएचओको प्रतिवेदन अनुसार इटुरी र उत्तरी किवु प्रान्तका स्वास्थ्य क्षेत्रहरूमा निरन्तर सङ्क्रमण, मृत्युको बढ्दो सङ्ख्या र स्वास्थ्य क्षेत्रहरूमा सङ्क्रमणको फैलावटले गर्दाकंगो प्रकोप तीव्र हुँदै गएको पुष्टि गरेको छ। कंगोमा सार्वजनिक स्वास्थ्य जोखिम उच्च रहेको चेतावनी कंगोका लागि डब्ल्यूएचओका प्रतिनिधि एनी एन्सियाले इटुरी प्रान्तको राजधानी बुनियामा पत्रकारहरूसँगको साक्षातकारमा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)