१५ मिनेटका लागि स्थगन गरिएको प्रतिनिधिसभा बैठक किन बसेन ?
baahrakhari.com · Wed Jul 08 10:48:43 GMT 2026

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा व्यस्त रहनुपर्ने भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी बिहीबारसम्मका लागि स्थगन गरिएको प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।
“कानुनमन्त्रीज्यूको विजनेस थियो । राष्ट्रियसभाको समितिमा विधेयकमाथि छलफल भइरहेको छ । त्यो छलफल लम्बियो । त्यहाँ कम समय लाग्छ भनेर बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । धेरै लामो समय माननीय सदस्यहरूलाई कुराउनुभन्दा भोलिको कार्यसूचीमा राखौँ भनेर बैठक सूचना टाँस गरी स्थगित भएको छ,” उनले बाह्रखरी सँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)