मन्त्री व्यस्त भएपछि सूचना टाँस गरेर सारियो संसद बैठक
shilapatra.com · Wed Jul 08 10:50:58 GMT 2026

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि सभामुखले बैठक भोलिसम्मका लागि सारेको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना टाँसेर जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)