किम्रुङ खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरो खसेर खोला थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारका डिमुवा, अमबोटलगायत बस्तीहरूमा माइकिङ गरी स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)