मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ - राजेन्द्र मल्ल
arthasansar.com

नेपाल चेम्बर अफ कमर्सका तत्कालीन अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय स्थायित्व कायम राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने सकारात्मक प्रयास गरेको बताएका छन्। मौद्रिक नीतिप्रति प्रतिक्रिया दिँदै मल्लले नीतिले बजारमा विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने केही सकारात्मक व्यवस्था समेटेको उल्लेख गरे। तर निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत घटाउने, कर्जाको ब्याज तथा समग्र वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा प्रभावकारी रूपमा कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
उनले स्टार्टअप तथा नवप्रवर्तनशील व्यवसायका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै डिजिटलीकरणलाई तीव्रता दिई एकद्वार रुपमा केवाईसी प्रणाली लागू गरिनुपर्ने बताए। यसबाट कर्जा प्रवाहका क्रममा हुने अनावश्यक कागजी प्रक्रिया तथा प्रक्रियागत ढिलाइ कम भई निजी क्षेत्रलाई सहज वातावरण सिर्जना हुने उनको धारणा छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)