जनकपुरको जानकी बिहे अलौकिक
annapurnapost.com · Wed Dec 04 04:47:03 GMT 2024

मान्छेको काम लौकिक हुन्छ, ईश्वरको अलौकिक। मार्ग शुक्ल पञ्चमीमा मनाइने राम जानकी बिहे जनकपुर महोत्सव सुरु हुन लागेको छ, यसपालिसँगै गढीमाई मेला पनि छ, तराईमा थप रौनकता हुन्छ। मार्ग २१ गते हो विवाह पञ्चमी र अयोध्याबाट जन्तीका लागि विशेष निम्तो गइसकेको छ। बस्ती वृद्धिका कारण हिजोआज अयोध्या, सरयुलगायत धेरै स्थान र हाम्रै जनकपुर मिथिला क्षेत्रमा पनि सरसफाइको समस्या छ। हाम्रो शास्त्रले प्रदूषणलाई पाप भनेको छ। धार्मिक, आध्यात्मिक दृष्टिले प्राचीन समयदेखि नै महत्त्व पाएको नेपालमा जति घरहरू छन् त्यति नै मन्दिरहरू पनि। जनकपुरमा जनकपुरधाम, धनुषाधाम, जलेश्वरशिव, सिन्धुलीको कुशेश्वरशिव, दोलखाको भीमेश्वर शिवलगायत कालिञ्चोकदेवीजस्ता प्रसिद्ध शक्तिपीठ मुख्य हुन्।
मिथिलेति त्रिवर्णीयं श्रुतितोऽपि गरीयसी। मकारो विश्कर्ता च थकार : स्थितिपालक:।। लकारो लयकर्ता वै त्रिमात्रा शक्तयोेऽभवन्। प्रणवेन समं सिद्धि : सर्वाघौघंनिवारणम्।। पौर्णमासीं विना चन्द्रो यथा पूर्णो नजायते। तथा तीर्थादिकं कृत्वा पूर्णो न मिथिलां विना।। मिथिलायां कृतं पुण्यमिहलोके परत्र च। अक्षयं स्यात्तु तत्सर्वं राम–सायुज्यकारकम्।।–विष्णुपुराण
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)