एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल ओमानसँग खेल्ने
annapurnapost.com · Wed Sep 09 00:34:40 GMT 2026
काठमाडौं : नेपालले एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानको सामना गर्ने भएको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा हङकङसँग १५ रनले पराजित भए पनि नेपालले समूह विजेताका रुपमा सेमिफाइनल खेल्न लागेको हो।
समूह ‘ए’ मा नेपाल र हङकङ दुवैको चार खेलमा समान ६ अंक भए पनि नेपाल रन रेटका आधारमा समूह विजेता बनेको हो। समूह ‘बी’को उपविजेता बनेको हङकङले संयुक्त अरब इमिरेट्स (यूएई)सँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। लिग चरणको अन्तिम खेलमा यूएईले ओमानलाई ४९ रनले पराजित गर्दै समूह ‘ए’को विजेता बनेको थियो। दुवै सेमिफाइनल खेल बिहीबार हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)