बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् लुम्बिनी भ्रमण
nagariknews.nagariknetwork.com · Sun May 24 05:55:49 GMT 2026

बेलायतकी इण्डो–प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्राले लुम्बिनी तथा तिलौराकोटको भ्रमण गरेकी छन्। शनिबार भएको भ्रमणका क्रममा मन्त्री मल्होत्रालाईलुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राइले लुम्बिनी क्षेत्रका सम्पदा तथा बुद्धस्थलहरूको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए।
भ्रमणका क्रममा मन्त्री मल्होत्राले लुम्बिनीको थप बैज्ञानिक अध्ययन र अनुसन्धानमा लुम्बिनी विकास कोषसँग सहकार्य गर्ने बताएकी थिइन्। लुम्बिनीको थप वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा बेलायतले सहकार्य गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)