प्रतिक थापा कारागारबाट छुटे, अख्तियारबाट तारेखमा छुट्दै
ratopati.com · Wed Jul 08 11:14:54 GMT 2026

काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापा कारागारबाट छुटेका छन् । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थापा केन्द्रीय कारागारबाट रिहा भएका हुन् । काठमाडौँ जिल्ला अदालतको फैसला अनुसार थापा लाई कारागारबाट रिहा गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले रातोपाटीलाई बताए ।
केन्द्रीय कारागारबाट छुटेपछि उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दामा उपस्थित गराए पनि सार्वजनिक पद धारण नगरेको देखिएपछि थापालाई अख्तियारले तारेखमा छाड्न लागेको छ । थापालाई तारेखमा राखेर अनुसन्धान गरिने अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘उहाँलाई केहीबेरमा तारेखमा छाड्छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)