फिर्केखोला क्षेत्रमा चल्यो महानगरको डोजर
annapurnapost.com · Sun May 24 05:50:54 GMT 2026

पोखरा : पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) क्षेत्रभित्र बनेका संरचना हटाउन डोजर चलाउन थालेको छ । वर्षौंदेखि विवादमा रहेको फिर्केखोला क्षेत्रको संरचना हटाउएर महानगरले आजबाट डोजर चलाउन थालेको हो ।
पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका तीन ठाउँबाट एकै पटक डोजर चलाइएको हो । पहिलो चरणमा जिरो किमी र सिर्जना चोकको बीचमा फिर्के खोलामाथिका संरचनामा डोजर लगाइएको छ । अर्को डोजरले वडा नम्बर २ र १८ को सीमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा वडा नम्बर ४ तर्फ आउने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)