पटक-पटक म्याद थप्दा पनि बनेन महेशपुर भन्सार सडक; पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
ukeraa.com

नवलपरासी : नेपाल-भारत सीमा क्षेत्रलाई जोड्ने पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार सडकखण्ड पटक-पटक म्याद थप गर्दा पनि निर्माण हुन सकेको छैन। सडक अलपत्र परेपछि स्थानीय बासिन्दा, यात्रु र मालवाहक सवारी साधनहरूले निकै सास्ती व्यहोर्नुपरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको पाँच सय मिटर सडक निर्माणको जिम्मा गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)