बालोन डी’ओरका लागि ३० खेलाडीको मनोनयन, को-को परे ?
nepalsamaya.com · Wed Sep 09 00:04:00 GMT 2026
काठमाडौं- यस वर्षको पुरुषतर्फको बालोन डी’ओर पुरस्कारका लागि ३० खेलाडीको मनोनयन सार्वजनिक भएको छ। बायर्न म्युनिख तथा इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन प्रतिष्ठित पुरस्कारका प्रमुख दाबेदारका रूपमा रहेका छन्।
केनले गत सिजन क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गर्दै ७३ गोल गरेका थिए। यो उनको करियरकै उत्कृष्ट सिजनमध्ये एक मानिएको छ। सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बन्ने अवसर केनसामु रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)