पोखरा–दुबई हवाई भाडा काठमाडौंभन्दा ५ हजार सस्तो, अझ घटाउन पर्यटन व्यवसायीको आग्रह!
barnanmedia.com · Wed Sep 09 00:39:54 GMT 2026

पोखराबाट दुबईका लागि सुरु हुन लागेको नियमित अन्तर्राष्ट्रिय उडानको हवाई भाडा काठमाडौं–दुबई रुटको तुलनामा कम्तीमा ५ हजार रुपैयाँ सस्तो हुने भएको छ। फ्लाई दुबईले आगामी असोज ७ गते (२३ सेप्टेम्बर) देखि पोखरा–दुबई उडान सुरु गर्दैछ। फ्लाई दुबईका नेपाल महाप्रबन्धक नवराज शाहीका अनुसार पोखराबाट हुने उडानको भाडा काठमाडौंको तुलनामा सस्तो बनाइएको हो।
उनका अनुसार यात्रु कम भए पनि उडान नियमित हुनेछ। एक जना यात्रु मात्रै भए पनि निर्धारित उडान सञ्चालन हुने उनले बताएका छन्। तर, पोखराका पर्यटन व्यवसायीहरूले भने हाल तोकिएको भाडा अझै महँगो भएको भन्दै थप घटाउन आग्रह गरेका छन्। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रोत्साहन गर्न हवाई इन्धन, अवतरण, सञ्चार तथा उड्डयन शुल्कलगायतमा विभिन्न छुट दिइरहेको अवस्थामा यात्रुलाई टिकट महँगो पर्न नहुने उनीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)