सिवाकोटी कोरियातर्फ
annapurnapost.com · Wed Sep 09 00:55:09 GMT 2026
काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी एसियाली तेक्वान्दो युनियन (एटीयु) एसियन गेम्स रेफ्री एडुकेसन एन्ड रिजनल ट्रेनिङ क्याम्पमा सहभागी हुन मंगलबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्। सिवाकोटी जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औं एसियाली खेलकुदमा तेक्वान्दोको निर्णायक मण्डलमा छनोट भएका छन्। उनी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टीडी) समेत हुन्।
सिवाकोटीले सन् २०२३ जनवरी १२ देखि १५ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए। त्यसपछि सन् २०२४ सेप्टेम्बर १७ देखि २५ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गर्दै उनले दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकका रूपमा आफ्नो स्थान बनाएका थिए। सिवाकोटीले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, मंगोलिया र भारतमा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)