सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
arthasansar.com · Wed Sep 09 01:02:59 GMT 2026

सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)