विस्फोटक पदार्थसहित काठमाडौंबाट एक जना पक्राउ
kendrabindu.com · Wed Sep 09 01:05:34 GMT 2026

काठमाडौं । अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका)सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन्।
काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले त्यहाँ पुगेर खानतलासी गर्दा पटका फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)